दक्षिण अफ्रिकामा आगलागीमा परेर ७४ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकाको जोहानसगर्बस्थित एउटा पाँच तल्ले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

मृत्यु हुनेहरुमा १२ जना बालबालिका समेत रहेका छन् भने ५० जना घाइते भएका छन् । घरविहिन मानिसहरुले ओगट्दै आएको भवनमा आगलागी भएको हो ।

आगलागी राति भएको हुँदा धेरै हताहति भएको त्यहाँको प्रहरीले जनाएको छ । घटनाप्रति दुख ब्यक्त गर्दै दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले आगलागी चेतावनीको घण्टी भएको भन्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन तत्काल कदम चाल्ने बताउनु भएको छ ।

घटनाको सुक्ष्म अनुसन्धान गर्ने पनि राष्ट्रपति रामाफोसाले बताउनुभएको छ । दक्षिण अफ्रिकामा घर नहुनेहरुको संख्या निकै ठूलो रहेको छ । जोहानेसवर्गमा मात्रै १५ हजार मानिस घरविहिन रहेको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय