घट्यो आज सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन सयले घटेको छ ।

हिजो प्रतितोला एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार चार सय ७० तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय