काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ। यसमा गोलाप्रथामार्फत् ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरूले १० कित्ताका दरले सेयर पाएका छन्।
यो आईपीओमा कुल १४ लाख ६६ हजार ८६२ ले आवेदन दिएकामा ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्किङले जानकारी गराएको छ।
योग्य १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो। यस कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि कुल ७६ लाख ८० हजार कित्ता आईपीओ प्रिमियम भाउमा बिक्री खुला गरेको थियो। यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आईपीओ निष्कासन गरेको हो।

