भारतमा ग्यासको मूल्य घट्यो

काठमाडौं। भारतमा व्यावसायिक ग्यास सिलिन्डरको मूल्य घटेको छ। नेपालमा ग्याँसको मूल्य प्रति सिलिण्डर दुइ सय ३५ रूपयाँका दरले बढिरहेको बेला भारत सरकारले व्यावसायिक ग्यास सिलिन्डर (१९ केजी) मा १५८ भारतीय रुपैयाँ मूल्य घटाएको हो।

खाना पकाउने ग्यास (एलपीजी) मा भने भारत सरकारले प्रति सिलिन्डर २ सय भारु घटाएको जनाइएको छ। बुधबार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको थियो।

अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिन्डर ९०३ भारतीय रुपियाँ ( १ हजार ४४४ नेपाली रुपैयाँ ) मा उपलब्ध हुनेछ। यता, नेपालमा भने एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर दुई सय ३५ रुपैयाँले बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय