कोशी सरकारविरुद्धको रिटको सुनुवाइ हुने

काठमाडौं। कोशी सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ। गत शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आफ्नो इजलासमा परेको उक्त मुद्दाको सुनुवाइमा बस्न नमानेपछि सुनुवाइ स्थगित भएको थियो। रिटको पेशी आइतबारका लागि तोकिएको हो।

मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा न्यायाधीश खतिवडाको इजलासबाट अन्तरिम आदेश भएकाले खतिवडाले सुनुवाई गर्न नमान्ने भएक हुन्। सर्वोच्चले मूख्यमन्त्री थापालाई दीर्घकालीन असरका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर