काठमाडौं। आज (आइतबार) शेयर बजार परिसूचक नेप्से घटेको छ। आइतबार सबै उपसमूहका सूचक घटेका हुन्। नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २९.८१ अंक घटेर १९६० अंकमा कायम भएको छ।
आज कुल १ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बैंकिङ ११, विकास बैंक ५८, फाइनान्स २२, होटल तथा पर्यटन १७०, जलविद्युत् ४७, जीवन बीमा २१९, उत्पादन ४९, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा २१२, अन्य १९, व्यापार उपसमूह ३७ अंक घटेको छ।
जम्मा ८ कम्पनीको मूल्य बढ्दा २१२ को घट्यो भने ८ को स्थिर रह्यो। आइतबार सबैभन्दा धरै थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो भने सिक्लेस हाइड्रोपावरको ५ प्रतिशत बढ्यो।
लिबर्टी इनर्जी र सिटी होटलको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो। कारोबार रकमका आधारमा सोल्टी होटल, आईएमई लाइफ इन्स्योरेन्स, सिटी होटल, माछापुच्छ्रे बैंक र एभरेस्ट बैंक क्रमशः अगाडि रहे।

