सभामुख घिमिरे र अमेरिकी सिनेटर क्रिसबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसित अमेरिकी सिनेटर क्रिस भान होलेनले भेटवार्ता गरेका छन् । उनी अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्यसञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य हुन् ।

आइतबार सिंहदरबारमा उनले घिमिरेसित शिष्टाचार भेटवार्ता गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ । होलेनले उपसभामुख इन्दिरा रानासित पनि भेटवार्ता गरेका छन् ।

गएको शुक्रबार दिउँसो उनी काठमाडौं आइपुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर