मल आयातमा देखिएको समस्या समाधान गर्न पहल गरेको कृषिमन्त्रीको भनाइ

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मल आयातमा देखिएको समस्या समाधान गर्न पहल गरेको बताएका छन् ।

मन्त्रीको पदभार सम्हालेको पाँच महिना पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले मल आयातमा देखिएको समस्या समाधान गर्न खरिद प्रक्रिया छोट्याउन सार्वजनिक खरिद ऐन र नियमावलीमा संशोधन प्रस्ताव गरिएको बताए ।

मल कारखाना अध्ययन गर्न लगानी बोर्डमार्फत दुई कम्पनीलाई अनुमति दिइएको उनले बताए ।

बाँझो जमिन उपभोग कार्यक्रम, कृषि विकास उद्यमशीलता कार्यक्रम, हरित विद्यालय र पोषण शिक्षा जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनको धारणा छ । कृषिमा दिइने अनुदानलाई उत्पादनमा आधारित बनाउन उत्पादन साथमा नगद हातमा भन्ने नीति अवलम्वन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर