राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं। राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले एक साता बस्ने गरी बैठक स्थगित गरे। राष्ट्रिय सभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको छ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवदन २०८०’ प्रस्तुत भयो। प्रस्तुत प्रतिवेदनलाइ सभाले सर्वसम्मत रुपमा स्वीकृत गर्‍यो।

साथै उक्त प्रतिवेदनमाथि राष्ट्रिय सभामा सोमबार नै छलफल भयो। छलफलमा १० जना सांसदले भाग लिए। सांसदहरुले संविधान अनुसार कानुन नबन्दा प्रदेश र स्थानीय तहले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

कानुन अभावमा संविधानत प्राप्त अधिकारको सदुपयोग हुन नसकेको बताए। कानुन अभावमा अराजकता समेत बढ्दै गएको भन्दै सांसदहरुले सरकार जवाफदेही बन्नुपर्नेमा जोड दिए। जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान अनुकुल बनाउनुपर्ने कानुन बनाउने कार्यमा अग्रसर रहेको बताएको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर