एसिया कप: ६५ रनमा गुमायो नेपालले पहिलो विकेट

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको छ ।

१०औं ओभरको पाँचौं बलमा कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् ।

अघिल्लो बलमा छक्का प्रहार गरेका कुशल एज लागेर विकेटकिपरबाट क्याच आउट भएका हुन् । उनलाई शार्दुल ठाकुरले आउट गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर