जारी खेलमा कप्तान रोहित पौडेल ५ रन बनाएर आउट

काठमाडौं : एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ।

कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भएका हुन् । ८ बल खेलेका उनी रबिन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माले क्याचआउट गराएका हुन्।

यसअघि भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए। श्रीलंकाको क्यान्डीमा भइरहेको खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिला ब्याटिङमा आएको हो।

हालसम्म २० ओभर खेलेको नेपालले ३ विकेट गुमाएर ९४ रन बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर