एमाले लुम्बिनी प्रदेश: नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । गएरातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर आज बिहानदेखि सुरु गरिएको हो ।

रातको समयमा मतदान गराउँदा राम्रो सन्देश नजाने भएकाले आज बिहान मतदान गराइएको निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिनुभयो । अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल उम्मेदवार छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई सर्वसम्मतबाटै नेतृत्व चयन गर्न निर्देशन दिनुभएको थियो । शनिबार र आइतबार सहमतिको प्रयास गरे पनि नेताहरु सफल हुनुभएन । भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन सहमतिको प्रयास असफल हुँदा दुई दिन लम्बिइसकेको छ ।

लुम्बिनी प्रदेश कमिटीको सचिवमा भने दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् । अब अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरु निर्वाचनबाट चुनिने छन् । निर्वाचनले ५ पदाधिकारीसहित २०५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर