काठमाडौं। ६० केजी सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ।
नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका पुनले सोमबार महाराजगञ्जस्थित ब्युरो पुगेर बयान दिएका हुन्।
सुन तस्करी प्रकरणमा छानबिन गरिरहेको सीआईबीले यस प्रकरणमा संलग्नसँग दिपेशको सम्पर्क देखिएकाले बयान लिएको जनाएको छ।
गत साउन ३ मा ब्रेक सुमा हङहङबाट लुकाएर ल्याइएको सुन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको थियो। यस प्रकरणमा हालसम्म २६ जना पक्राउ परिसकेका छन्।

