सन्दीपविरूद्धको मुद्दामा सुनुवाइ जारी

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ जारी रहेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा क्रिकेटर लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ भइरहेको छ।

यसअघि भदौ १० गते न्यायाधीश न्यायाधीश प्रेमप्रकाश पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउने सूचीमा परेको थियो। सर्वोच्च अदालतले फास्ट ट्याकबाट मुद्दाको सुनुवाइ गर्न भने पनि जिल्ला अदालत काठमाडौंमा पटक-पटक मुद्दाको पेशी सर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर