काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) शोक बिदा दिएको छ। महानगरपालिका प्रशासन विभागका विभागीय प्रमुख दीपक अधिकारीका अनुसार वडा-१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएकाले महानगरपालिका र महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको हो।

महानगरपालिकाले यसबारे सूचना नै जारी गरेको छ। रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनी गत आइतबारदेखि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए।

रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर