महेन्द्र यादवमाथि आक्रमणको निष्पक्ष छानबिन गर्नुपर्ने माग

काठमाडौं। नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्। उनले घटनाको भर्त्सना गर्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरे।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै लेखकले भने, ‘ज्यान मार्ने गरी आक्रमण गरिएको छ, घटना सामान्य छैन, गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु आगामी प्रतिनिधिसभाको बैठकमा घटनाबारे सम्पूर्ण विवरण प्रस्तुत गर्नुपर्छ।’ संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेपाली जनता सहमत छैनन् भन्ने कृत्रिम भाष्य तयार गरिएको उनले बताए।

प्रमुख सचेतक लेखकले वर्तमान व्यवस्थाबाट भाग्ने कसैलाई छुट नभएको बताए। उनले भने, ‘आफ्ना फरक मतहरू, फरक धारणाहरू, आफ्ना विचार शान्तिपूर्ण ढंगले राख्न सकिन्छ, लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता छ, तर आफूसँग असहमत हुने कुरा आफूसँग असहमत हुने विचारलाई निषेध गर्नका लागि खुकुरी कहिल्यै पनि विकल्प हुन सक्दैन, हत्या, हिंसा र आतंक कहिल्यै विकल्प हुन सक्दैन।’

प्रतिक्रिया

सम्बन्धित खवर