स्वीट्जरल्याण्डको राजदुतमा रामप्रसाद सुवेदी नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई स्वीट्जरल्याण्डका राजदूत तथा सयुंक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा र विश्व स्वास्थ्य संगठन९डब्लूएचओ०का लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरेका हुन् ।

सुवेदीलाई गत असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीजरल्याण्डका लागिसहित अन्य ६ देशका लागि राजदूत सिफारिस गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर