काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको जनाएको छ। महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता २ सय रुपैयाँले सुनको मूल्य घटेको जनाएको हो।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ थियो। यस्तै, उक्त मितीमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो। जुन यो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ रहेको छ।
यस्तै, यो साता चाँदीको मूल्यमा समेत गिरावट आएको छ। गत शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेको महासंघले जनाएको छ। यससँगै, यो साता चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँ कायम भएको छ।