चितवन। दुई ट्रक एक आपसमा ठोक्किँदा एक ट्रक चालकको मृत्यु भएको छ। सो दुर्घटनामा परेर ना ३ ख ५४८८ नम्बरको ट्रक चालक नवलपरासी जिल्ला गैंडाकोट–१ का ४३ वर्षीय प्रकाश कुँवरको मृत्यु भएको हो।
महेन्द्र राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ झुरझुरे बासुकी पेट्रोल पम्प नजिकै दुई ट्रक एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चितवन प्रहरी कार्यालयका अनुसार पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रक र पूर्वतर्फ जाँदै गरेको प्र २–३–००२ ख ५६०९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन्।
अर्को ट्रकका सहचालक रौतहटका १८ वर्षीए रविनकुमार यादव को अवस्था मध्यम छ भने चालक बारा निजगढका निकेश राउत कुर्मी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

