समाजवाद कार्यान्वयनबाट वर्गसङ्घर्ष अन्त हुने माधव नेपालको भनाइ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सामाजिकरूपमा विद्यमान वर्गीय सङ्घर्षको न्यूनीकरणका लागि आफ्नो पार्टी समाजवादको बाटोमा रहेको बताएका छन् ।

पार्टी निकट एकीकृत ट्रेड युनियन महासङ्घद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले जनताको आर्थिक विकासका लागि वर्गीय विभेदको अन्त्य गरी समानता, सामाजिक न्याय कायम गर्न समाजवाद मार्गदर्शक रहेको बताए । समाजवाद कार्यान्वयबाट नै वर्गसङ्घर्ष अन्तय हुने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले समाजवादको आवश्यकताबारे राष्ट्रव्यापीरूपमा जनतालाई जानकारी गराउन आगामी असोज १४ देखि २९ गतेसम्ममा पार्टीले मेची–महाकाली अभियान गर्न लागेको जानकारी दिए ।

जनताको सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन एमालेसँग विद्रोह गरेको औचित्य पुष्टि भएको बताउँदै उनले पार्टी स्थापनाको छोटो समयमै देशभर सङ्गठन विस्तार तथा राजनीतिक गतिविधि भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर