४ सयले घटेर सुन आज तोलामा एक लाख ११ हजार ९ सयमा कारोबार हुँदै

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज आइतबार प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भएको हो ।

छापावाल सुन प्रतितोला एक लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबारको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय