ललितानिवास प्रकरणमा आदेश आजै आउने

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा भएको सात दिन लामो बहस आज सकिएको हो । अघिल्लो आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो ।

आज आइतबार र सोमबारको चिया ब्रेकअघिसम्म सरकारी वकिलले बहस गरे भने सोमबारको चिया ब्रेकपछि प्रतिवादीतर्फका वकिलहरुको बहस थालेका थिए ।

गत बुधबार सार्वजनिक बिदाका कारण अदालत बिदा थियो । त्यसयता निरन्तर सुनवाइपछि बहस सकेर आज आदेशको तयारी भएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले आज ४ बजे नै आदेश आउने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर