सुन तस्करी प्रकरणमा विध प्रयोगशालाका सञ्चालक भण्डारीसँग सीआईबीले लियो बयान

काठमाडौं। सुन तस्करी प्रकरणमा विध प्रयोगशालाका सञ्चालक भीमकान्त भण्डारीसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको छ।

यसअघि पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटकपटक सम्पर्क गरेको देखिएका कारण सीआईबीले उनीसँग बयान लिएको हो। उनले आइतबार बिहान सीआईबी कार्यालय पुगेर बयान दिएको प्रहरीले जनाएको छ। यस प्रकरणमा हालसम्म ३० जना पक्राउ परिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर