समाजवादी मोर्चाले काँग्रेसलाई नै मद्दत गर्छ: उपेन्द्र यादव

मोरङ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा राजनीतिक स्थिरता कायम गर्नका लागि राजनीतिक दलबीच सहकार्य र सहमति हुनुपर्नेमा जोड दिएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशमा राजनीतिक स्थिरता कायम गरी जनताका आवाज दलहरूले सुन्नुपर्नेमा जोड दिए। अध्यक्ष यादवले समाजवादी मोर्चा नेपाली काँग्रेसको सल्लाहमा निर्माण भएकाले यसले काँग्रेसलाई नै मद्दत गर्ने दाबी गरे।

उनले मोर्चाले काँग्रेससँग सहकार्य गरी अगाडि बढ्ने र एक अर्काको सहयोगी भएको समेत बताए। लोकतन्त्र, आर्थिक विकास, समृद्धि, संघीयता र गणतन्त्रलाई संस्थागत गरी अगाडि बढ्न मोर्चा र काँग्रेस एक हुन आवश्यक रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर