कांग्रेस सहमहामन्त्री यादवमाथि खुकरी हान्नेलाई पहिले नै नियन्त्रणमा लिएन: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकरी हान्नेलाई पहिले नै नियन्त्रणमा नलिएको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित एसिड आक्रमणविरुद्धको जागरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पहिले नै खुकुरी हान्छुभन्दा सरकार कानमा तेल हालेर बसेको थियो भन्दै प्रश्न गरे ।

त्यस्तै, उनले कांग्रेसको कोसी प्रदेशका सांसद खगेनसिंह हाङगामले प्रहरीविरुद्ध दिएको अभिव्यक्तिलाई आतंककारी क्रियाकलापको संज्ञा दिए । उनले सरकारले नियन्त्रणमा नलिएकोमा आपत्ति जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर