मिसन समाजवाद लिएर अगाडि बढेका छौँः माधव नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिसन समाजवाद लिएर आफूहरू अगाडि बढेको बताएका छन् ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देशसभामा उनले यस्तो बताएका हुन् ।

उनले सकारात्मक सन्देश दिँदै जनतामा आशा र आत्मविश्वास दिनुपर्ने बताए । दोषलाई अन्त मोडेर नहुने बताउँदै प्रधानमन्त्री प्रचण्डले चलाएका अहिलेका काम राम्रा भएको उनले बताए ।

नागरिकता वितरण, मिटरब्याज विरूद्दको कानुन निर्माण, सुशासनको पक्षमा भएका काम उल्लेख गर्दै उनले व्यवस्थाका अनेक त्रुटीलाई सच्याएर अगाडि बढ्न नसके जनतामा सकारात्मक उर्जा प्राप्त हुन नसक्ने बताए ।

मोर्चाले गरेका अन्य ६ वटै सभा सफल भएको बताउँदै नेपालले खुसी व्यक्त गरे । समाजवादबाटै असमानताको अन्त्य गर्ने र न्याय दिने बताउँदै उनले जिल्ला, पालिका र प्रदेशस्तरमा पनि मोर्चा बनाउने बताए ।

नेपालले सरकार र सदनको मोर्चामा रहेर जनताको आवाज उठाउने बताए । भ्रष्टाचारमा डुबेका, अपराधमा संलग्न रहेकाहरूलाई मोर्चाले अस्वीकार गर्नेपनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर