श्रद्धान्जलीका लागि सुवास नेम्वाङको शव दुई दिन पार्टी मुख्यालयमा राखिने

काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङको शव श्रद्धान्जलीका लागि आज र भोलि दुई दिन पार्टी मुख्यालयमा राखिने भएको छ।

गएराति ७१ वर्षको उमेरमा निधन भएका उनको शव अहिले शिक्षण अस्पतालबाट निकाल्ने तयारी भएको छ। नेता नेम्वाङको निधनको खबर सुन्न साथ शीर्ष नेताहरू अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका थिए।

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका थिए। उनी पाँचौं पटक विजयी बनेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर