नेम्वाङका दुवै छोरा नेपाल आइपुगे, दिए बुबालाई श्रद्धाञ्जली

काठमाडौं। दिवंगत सविंधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङका दुवै छोरा नेपाल आइपुगेका छन्। नेपाल आएलगत्तै एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर उनीहरूले बुबाको मुख हेरी पार्थिव शरीरमा श्रद्धाञ्जली दिए।

स्वर्गीय नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट आजै केहीबेर अघि नेपाल आइपुगेका हुन्। त्यस्तै, कान्छा छोरा सुहाङ हिजो नै अस्ट्रेलियाबाट आइपुगेका हुन्।

स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरी छन्। जेठा छोरा मिङ्सो नेम्वाङ विवाहित हुन् भने अरुको विवाह भएको छैन। मिङ्सो परिवारसहित यूकेमा बसोबास गर्दै आएका छन।

कान्छा छोरा सुहाङ र छोरीहरू भने नेपालमै बस्छन्। छोरा सुहाङ केही दिनअघि घुमघामका लागि अष्ट्रेलिया पुगेका थिए। बुबाको निधनको खबर पाएपछि उनी भ्रमण रद्द गरेर तत्काल फर्किएका हुन्। नेम्वाङको पार्थिव शरीर अहिले निजी निवास बालुवाटार लगिँदै छ। बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा उनको अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित खवर