काठमाडौँ । सिआइबीले ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालमया बुझाएको छ ।
५० जनालाई प्रतिवादी बनाएर विभिन्न सात कसुरमा मुद्दा चलाउने रायसहित वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको हो। प्रतिवेदन सरकारी वकिलमा लैजानु अघि सिआइबीले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी घटना अनुसन्धानबारे जानकारी गराएको थियो। ५० प्रतिवादीमध्ये ३२ जना पक्राउ परेका र १८ जना फरार रहेका प्रतिवेदनमा उल्लेख छ।
फरारमध्ये १४ जना विदेशी नागरिक र ४ जना नेपाली छन्। सबै जनालाई गरेर ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरिएको छ।
उनले अनुसन्धानका क्रममा तस्करहरूले सिनामंगलबाट फेला पारेको ६१ किलोसहित विभिन्न चरणमा अनुसन्धान गरी बरामद सबै ब्रेक प्याड जोख्दा ३६२ किलो सुन ल्याएको खुलेको छ। ६१ बाहेक अरु सुन भने गन्तव्यमा पुर्याउन तस्कर सफल भएका छन्।
तस्करीमा योजनाबद्ध रुपमा विदेशी संलग्न भएको पाइएको छ। सिआइबी प्रमुख किरण बज्राचार्यले हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेको बताइन्। अनुसन्धान भने जारी राखिने उनले बताइन्।

