काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका बेला नेपाल र चीनबीच १२ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतका अनुसार बिहीबारसम्म उक्त संख्यामा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने टुङ्गो लागेको हो ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण असोज ५ गतेबाट सुरु हुनेछ । उनी अमेरिकाको न्युयोर्कबाट सिधै चीन जानेछन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते साँझ न्युयोर्क जाँदै छन् ।

