गैह्रीगाउँ हत्या: घटनाको अनुसन्धानको लागि छानविन समिती गठन

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रमा चार जनाको वीभत्स हत्या भएको घटनाको अनुसन्धानको लागि छानविन समिती बनाइएको छ ।

उक्त घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय छानविन समिति गठन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

एसएसपी सोमेन्द्र सिंह राठोरको संयोजकत्वमा प्रहरी नायव उपरीक्षकहरू क्रमशस् काठमाडौं उपत्यका प्रहरी कार्यालयका सुवास खड्का, जिल्ला प्रहरी परिसरका हरि खतिवडा, महानगरीय अपराध महाशाखाका सुरक्षा केसी र बानेश्वर वृत्तका प्रहरी निरिक्षक वीरेन्द्र केसी उक्त छानविन समितिमा रहेका छन्।

गएराति भएको उक्त घटनामा टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो। सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर