काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक मंगलबार बस्ने भएको छ । बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ ।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ । उनीहरूलाई समूहको बैठकमा पहिलोपटक बोलाइएको एक नेताले जानकारी दिए ।
पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री लडेका थिए । पौडेल देउवा टिमबाट महामन्त्री लडेर पराजित भएका थिए । बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

