प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाट चीन जाँदै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज न्युयोर्कबाट चीन जाँदै छन्। चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणमा जान लागेका हुन्।

न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली ह्याङचाउ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।

त्यहाँ भईरहेको १९ औं एसियाली खेलकुदको भोलि हुने उद्घाटन सत्रमा प्रधानमन्त्री दाहाल सहभागि हुनेछन्। भ्रमणकोक्रममा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर