शिक्षकहरूका जायज मागलाई सम्बोधन गर्नुपर्छ: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शिक्षकहरूका जायज मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन्।

शुक्रवार नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आन्दोलनरत शिक्षकका उपयुक्त र जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन्।

उनले संविधानले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको भन्दै स्थानीय तहले उक्त जिम्मेवारी पूरा गर्न सक्नेमा आशंका व्यक्त गरे।

उनले स्थानीय तहले शिक्षण संस्थाको उन्नति र प्रगतिभन्दा आफ्ना मान्छे नियुक्त गर्न मात्रै प्रयोग गर्ने हो कि भन्ने आशंकाका कारण प्रश्न उठिरहेको बताए।

यद्यपि संविधानले दिएको अधिकारलाई अहिले नै परिवर्तन गर्न नसकिने उनको भनाइ छ। वार्ता र छलफलबाट तत्कालै सम्बोधन गर्न सकिने कुरालाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर