१९औँ एसियालीमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । चीनमा जारी १९औँ एसियाली क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित निकालेको छ । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले निकालेको यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीविरुद्ध सन् २०१९ मा २५७ रनको जित निकाल्दै यो कीर्तिमान बनाएको थियो ।

जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रनको योगफल खडा गरेको थियो । यो योगफल कुनै पनि राष्ट्रले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो ।

नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० रनको योगफल पार गर्ने पहिलो र हालसम्मको एकमात्र टिम बनेको छ । जितका लागि ३१५ रनको लक्ष्यसहित मैदान उत्रिएको मंगोलियाले १३.१ ओभरमा सबै विकेट गुमाएर ४१ रनमात्र बनाउन सक्यो ।

मंगोलियाका लुभसान्जुडुइ एर्डेनेबुल्गान, दाभासुरेन जमयानसुरेन र मुगुन अल्तानखुयागले समान एक विकेट लिए । नेपालले अब समूह ए मा आइतबार माल्दिभ्सविरुद्ध दोस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर