विवाह उत्सवमा आगलागी हुँदा १ सय जनाको मृत्यु

एजेन्सी। इराकमा एक विवाह उत्सवमा आगलागी हुँदा १०० सय जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अनुसार इराकको निनभ शहरस्थित एक विवाह समारोहमा भएको आगलागीमा अन्य १ सय ५० भन्दा बढी घाइते भएका छन्।

निनभ राज्यको उत्तरी क्षेत्रस्थित अल हम्दानिया जिल्लामा मंगलबार राति भएको उक्त घटनामा बेहुला र बेहुलीले समेत ज्यान गुमाएको आशंका गरिएको छ। घटनाको यकिन कारण स्पष्ट नभएपनि आतसबाजी जलाउँदा आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय