सर्प प्रकरणमा नाम मुछेर आलोचना गर्ने गरेको भन्दै झलनाथको आपत्ति

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाएका छन् ।

आज काठमाडौंमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०२३ लाई सम्बोधन गर्दै उनले आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको बताए ।

आफ्नो नाममा आफूले नचाहँदा नचाहँदै पनि नाम राखेको र त्यसबाट के–के गरे भन्नेबारे आफू अनविज्ञ रहेको उनले बताए । सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको पनि उनले स्पष्ट पारे ।

पछिल्लो समय त्यसलाई विवादमा तान्ने काम भएको भन्दै उनले अख्तियारमा समेत उजुरी परेर छानबिनको विषय बनेको कुरा आफूले जानकारी पाएको बताए । नाम अर्कैले राखेको तर आफूलाई ७३ करोड भन्ने गरिएको भन्दै उनले सर्प पालनमा आफ्नो कुनै लगानी र पेशा व्यवसाय नभएको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर