व्यवसायी दुर्गा प्रसाईंमाथि कालो मोसो दलिनुका साथै अभद्र व्यवहार

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंमाथि कालो मोसो दलिनुका साथै अभद्र व्यवहार भएको छ । उनले पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा उनीमाथि अभद्र व्यवहार गरिएको हो ।

काठमाडौंको एक होटलमा उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए । त्यहाँबाट बाहिरिने क्रममा उनलाई मोसो दलिएको थियो ।

उनले नै यसअघि कालोमोसो अभियान चलाएका थिए । पत्रकार सम्मेलन सकिएपछि बाहिरिने क्रममा कालोमोसो दलिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले प्रसाईंलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर