इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

आज सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर