डेंगीबाट हालसम्म नेपालमा ३८ हजार धेरै संक्रमित

काठमाडौं । डेंगीबाट हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ३८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ७ अक्टोबरसम्म ३८ हजार ५९ जना संक्रमित भएका छन् ।

डेंगीबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । ईडीसीडीका अनुसार सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ९०५ जना संक्रमित भएका छन् ।

त्यस्तै, गण्डकीमा ६ हजार ८१८, वाग्मतीमा चार हजार ८८३, सुदूरपश्चिममा एक हजार ८०, लुम्बीनीमा ६५५ तथा मधेसमा ५९० जना संक्रमित भएका छन् ।

सबैभन्दा कम कर्णाली प्रदेशका १२८ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ३२६ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर