भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच शिखर वार्ता हुनसक्ने

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यो वर्ष सकिनुअगावै शिखर वार्ता हुनसक्ने रुसका लागि भारतीय राजदूतले बताएका छन।

“यस बारेमा छलफल भइरहेको छ, उच्चस्तरमा छलफलहरू जारी छन्”, राजदूत पवन कपुरको भनाइ उद्धृत गर्दै आरआइए नोभोस्ती समाचार समितिले जनाएको छ। यद्यपि भारतीय कूटनीतिज्ञले थप विवरण केही उल्लेख नगरेको पनि आरआइए नोभोस्तले बताएको छ।

गतसाता एक कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले भारतलाई ‘शक्तिशाली मुलुक’ भन्दै भारतीय प्रधानमन्त्री मोदीको नेतृत्वमा लगातार बलियो बन्दै गएको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय