चलचित्र पशुपतिप्रसाद २ भष्मे डन फूलपातीबाट प्रदर्शन हुने

काठमाडौँ । चलचित्र पशुपतिप्रसाद २ भष्मे डन को ट्रेलर रिलिज भएको छ । काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर रिलिज भएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता, निर्माता एवं लेखक खगेन्द्र लामिछानेले पशुपतिप्रसादलाई कसरी लजिकल सिक्वेल बनाउने भन्ने चुनौती रहेको र ४ वटा जति ड्राफ्टमा काम गरेको बताए ।

उनले पशुपतिप्रसाद १३ दिनमा सुटिङ सकिएपनि भष्मे डन ५६ दिन लागेको बताए । सिनेमा एकदमै राम्रो लागेको बताए । त्यस्तै निर्देशक दिपन्द्र के। खनालले भष्मे डन पनि पशुपतिप्रसाद जस्तै मन पराउनेमा विश्वस्त रहेको बताए । कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले भष्मे डन आफ्नो लागि पात्रको रूपमा मात्रै आफूले नहेरेको र आफ्नो पहिचान र परिचय रहेको बताए ।

त्यस्तै अभिनेत्री स्वस्तिमा खड्काले फिल्मको ट्रेलर नयाँ र राम्रो लागेको बताइन् । उनले काम गर्दा नयाँ अनुभव सिकेको पनि बताइन् । चलचित्र कात्तिक ४ गते फूलपातीको दिन रिलिज हुनेछ । सार्वजनिक ट्रेलरमा प्रेम, जिम्मेवारी र बदलाको कथा देख्न सकिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर