कोशीको राजनीतिक घटनाक्रमले असर नगर्ने मन्त्री भुसालको विश्वास

जनकपुर। कृषि तथा पशुपंक्षी मन्त्री वेदुराम भुषालले कोशीमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमले सरकारमा कुनै असर नगर्ने दावी गरेका छन्। जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री भुषालले यस्तो दावी गरेका हुन्।

मन्त्री भुसालले उपधारा ५ बमोजिम नयाँ मुख्यमन्त्री नियुक्त गरिएकाले पार्टीको व्हिप नलाग्ने भएकाले कोशी प्रदेशका प्रदेशसभा सदस्यहरु निर्देशन विपरित गएपछि यस्तो स्थिति सिर्जना भएको बताए।

एक अर्को प्रसंगमा उनले नेपाल सरकारले कृषि क्षेत्रमै रोजगारीको अवसर सिर्जना गर्नका लागि अभियान चलाउन लागेको बताए। साथै चैते धान विस्तारका लागि समेत चैते धान उत्पादनको सम्भाव्यता अध्ययन कृषि मन्त्रालयबाट सुरू गरिने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर