काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन्।
संघीयताअन्तर्गत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने उनको तर्क थियो। पार्टीद्वारा शनिवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ? भनी प्रश्न गरे।
नेपालजस्तो सानो देशका लागि सयभन्दा बढी मन्त्री र ५-७ सयको संख्यामा सांसद आवश्यक नभएकाले त्यसलाई कटौती गर्नुपर्ने उनले प्रस्ताव गरे। अध्यक्ष थापाले वर्तमान व्यवस्था भ्रष्ट भएको भन्दै त्यसमा सुधारका निम्ति तयार हुन प्रमुख राजनीतिक दलहरूलाई आग्रह गरे।

