इजरायलमा बेपत्ता विपिनको खोजीका लागि सबैलाई आग्रह गरेका छौँ: परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा बेपत्ता भएका विपिन जोशीको खोजीका लागि इजरायल सरकार, अन्तर्राष्ट्रिय संघसंस्था र कुटनीतिक मिसन सबैलाई आग्रह गरिएको जानकारी दिएका छन् ।

आज आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै मन्त्री साउदले विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था, कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेको जानकारी दिए ।

मन्त्री साउदले इजरायलमा मारिएका नेपाली विद्यार्थीहरुको शव इजरायल सरकारले नै ल्याएर हस्तान्तरण गर्ने बचन दिएको पनि बताए । नेपाली विद्यार्थीहरूसँग कुरा गर्दा विपिन जोशी हमास समूहको कब्जामा रहेको हुनसक्ने बुझिएको उनको भनाइ थियो ।

हमासको आक्रमणका क्रममा हमासले प्रहार गरेको ग्रिनेड विपिनले फालेर चारजना नेपालीको ज्यान बचाएको नेपाली बिद्यार्थीहरुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर