भोलि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक स्थागित

काठमाडौं । राष्ट्रियसभाको भोलि मङ्गलबार दिउँसो १ः ०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ । ​

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन् ।

राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर