काठमाडौं । कोसी प्रदेशमा मुख्यमन्त्री बनाउने विषयमा सभापति शेरबहादुर देउवाले कोसीबाटै प्रतिनिधित्व गर्ने नेताहरू छलफल नगरेको भन्दै महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।
आज सभापति देउवाले बोलाएको छलफलपश्चात् महामन्त्री शर्माले छलफलमा आफू, सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेता विजयकुमार गच्छदार, डा। नारायण खड्कालगायत कोही पनि नेतासँग सल्लाह नगरेकोमा देउवासँग आपत्ति जनाएको जानकारी दिए ।
शर्माले दिएको जानकारीअनुसार बैठकमा महामन्त्रीद्वयले बालुवाटारमा भएको तीन नेताबीचको हस्ताक्षर भएको चिर्कटोप्रति आपत्ति जनाएको पनि बताए ।
उनले प्रधानमन्त्री प्रचण्ड र देउवाले गठबन्धनलाई निरन्तरता दिन्छु भनेर वक्तव्य दिनु उपयुक्त नभएको बताए ।

