काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आर्थिक पक्षमा नेपाललाई सुदृढ बनाउन जरुरी रहेको बताएका छन् । आज मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले राजनीतिक स्वतन्त्रता मात्रै नभई आर्थिक स्वतन्त्रताका लागि नेपालमा थुप्रै काम गर्न बाँकी रहेको बताएका हुन् ।
नेता पौडेलले कांग्रेसले लिएको खुला नीतिअन्तर्गत नेपालीहरूको पहुँच संसारसामु पुगेको र खुला समाज निर्माण गर्ने, लोकतन्त्रलाई विकसित गर्ने र व्यक्तिको वैयक्तिक स्वतन्त्रतालाई रक्षा गर्ने उद्देश्यले काँग्रेस जन्मिएको दाबी गर्नुभयो ।

