काठमाडौँ । चलचित्र ‘बिच्छेद’ को टिजर र पोस्टर सार्वजनिक भएको छ । आगामी मङ्सिर ८ मा रिलिज हुने यो चलचित्रको टिजरमा दम्पतीको सम्बन्ध र बाध्यताका कुरा समावेश गरिएको छ । चलचित्रमा मुकुन भुसाल र लक्ष्मी बर्देवाको मूख्य अभिनय रहेको छ ।
सत्यराज चौलागाईंको निर्देशन रहेको चलचित्रका निर्माताहरू राज कुमार पण्डित, दिमेश श्रेष्ठ सुवास राई र सावित्री बज्राचार्य हुन् । सह निर्माता प्रबिन राजथला हुन् ।
मुकुन र लक्ष्मीका अलावा यस चलचित्रमा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सङ्कल्प भुजेलको छायाङ्कन, भूपेन्द्र अधिकारी को सम्पादन रहेको छ । समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र रेनिश फागोको कलर ग्रेडिङ रहेको छ ।
चलचित्रका गीतमा एसडी योगी, सुरज थापा र आशिश महरको सङ्गीत, सत्यराज चौलागाईँ र राम अविरल विष्टको शब्द रचना रहेको छ भने एसडी योगी, सुनिता थेगिम, हृतिका श्रेष्ठ, सुरज थापा र आशिश महरको स्वर रहेको छ ।