काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्।
प्रदेशसभा बैठकमा बुधबार मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको हो। ९३ सदस्यीय प्रदेशसभामा बुधबारको बैठकमा ९१ जना उपस्थित थिए। राप्रपाले विपक्षमा मत हालेको हो।
कांग्रेसबाट विद्रोह गरेका कार्कीले आफ्नो पार्टीका ८ र एमालेका ३९ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका थिए।
विद्रोह गरेरै सरकारको नेतृत्व गरेका कार्कीलाई रोक्न नसकेपछि केन्द्रीय सत्ता गठबन्धनमा आबद्ध सबै दलले उनलाई विश्वासको मत दिएका हुन्। सोही बमोजिम नेपाली कांग्रेस‚ नेकपा माओवादी केन्द्र‚ एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि विश्वासको मत दिएका हुन्।

